२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
चिशंखुगढीको आगलागी:

सुरक्षाकर्मीलाई निभाउनै सकस, वन कार्यालयकाे सुस्तता

२४ घण्टासम्म पनि नियन्त्रणमा आएन

  • २०७७ चैत्र ४, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुङ्गाः मंगलबारदेखि शुरु भएको चिशंखुगढीको वन क्षेत्रको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौं हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ ।

    नेपाल टेलिकमको टावर र वस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्नी रेखा समेत बनाएर नियन्त्रण प्रयास गरेका छन् । आगो नियन्त्रणमा लिन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।
    कति वन क्षेत्रमा कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बुझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताउनुभयो । उहाँले वन क्षेत्रमा भएको क्षति यकिन गरेर थप जानकारी दिने जनाउनुभयो ।

    सुरक्षाकर्मीले समेत आगो नियन्त्रण गर्न कठिन भएको आगो नियन्त्रणमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । हावाका कारण निभेका क्षेत्रमा पुन सल्किएको छ । खटाइएका सुरक्षाकर्मीलाई खानेपानी तथा खाजा खानाको समेत समस्या परेको छ । पानी नभएको र आगो निभाउन स्याउलाले प्रयास भइरहेको छ । खटाइएका सुरक्षाकर्मी फर्किएका छैनन् ।

    वनमा भएको आगलागी नियन्त्रणमा सुरक्षा निकाय सक्रिय भए पनि वन कार्यालयले भने तत्परता नदेखाएको स्थानीय बासिन्दाको गुनासो छ । वन क्षेत्रमा आगलागी र चोरी निकासीले क्षति पुगे पनि सरोकारवाला कार्यालय मौन रहेको स्थानीयको आरोप छ ।

    याे पनि पढ्नुहाेस्

    प्रतिक्रिया दिनुहोस