२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

ओखलढुङ्गाको चिशंखुगढीमा भीषण आगलागी, नियन्त्रणमा अझै आएन

  • २०७७ चैत्र ४, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुङ्गा- चिशंखुगढी गाउँपालिका वडा नं. ४ को सामुदायिक वनमा भीषण अगालगी भइरहेको छ । मंगलबार रातिदेखि शुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

    आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका ६० जना परिचालन गरिएको छ । आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका डिएस्पी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । आगो कसरी लागो भन्ने यकीन नभएकाले अनुसन्धान गरिने उहाँको भनाइ छ ।

    आगोले वस्तीमा क्षति नपुर्याओस् भनेर सुरक्षाकर्मी वस्ती जोगाउनतिर लागेका छन् । वन क्षेत्रमा भने अझै आगो बलिरहेको छ । स्थानीय बासिन्दाको समेत सहयोगमा आगो नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ । कति वन क्षेत्रमा क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस