२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
टिप्पणी

यिनलाई ज्यान र जनताभन्दा ‘भोटै’ प्यारो ?

  • २०७७ भाद्र २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • साउन र भदौ महिना खेतिपातिको सिजन हो । जनता कोरोना कहरबीच खेतिपातिमै व्यस्त थिए । जिल्लामा जिम्मेवार दुई ठूला दल भने खेतिपाति र लकडाउनको वेवास्ता गर्दै मतदाता तानातानमा उत्रिए ।

    प्रमुख प्रतिपक्षि दल काँग्रेस आफ्नो अधिवेशनको तयारीका लागि क्रियाशिल सदस्य वितरण गर्ने र आफ्नो किल्ला मान्दै आएको ओखलढुंगा नेकपाले भत्काइदिएकाले नेकपाका कार्यकर्ता र मतदाता प्रवेश गराएर नेकपालाई धक्का दिन चाहान्थ्यो । नेकपा बल्ल बनाएको आधार भत्किनबाट जोगाउने कसरतमा रह्यो ।

    बहुदलीय प्रणालीमा एक आपसमा प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्ने र शासन सत्ता चालाउने स्थापित विधी नै हो । यसरी हेर्दा दलीय कार्यक्रम हुनु स्वभाविक र सहि छ । लोकतन्त्रका आधारस्तम्भ भनेकै दलहरु हुन् । उनीहरुको आन्तरिक लोकतन्त्र मजबुद भएन भने समग्र लोकतान्त्रिक शासन पद्धति नै प्रभावित हुने भएकाले दलहरुको गतिविधी जरुरी छ ।

    दलहरुको तीव्र अस्वस्थ प्रतिस्पर्धा बढेपछि जिल्ला कमाण्ड पोष्टसहितको सर्वपक्षीय बैठकबाट भेला गर्ने खालका कुनै पनि गतिविधी कसैले पनि नगर्ने निणर्य भयो । यसमा नेकां नेकपाका शीर्ष नेताहरु सहभागी थिए ।

    तर, जुन समय र परिवेशमा सत्तारुढ नेकपा र नेपाली काँग्रेसले एक अर्काकाका कार्यकतादेखि मतदातासम्म होहल्लाका साथ सभा र भेला गरेर प्रवेश गराउने अस्वस्थ प्रतिस्पर्धा गरे यो सर्वथा गलत थियो । किनकी कोरोना ओखलढुंगामा देखिएर अत्यावश्यक बाहेक सबै क्षेत्रका सेवाहरु स्थगन गरिएका थिए, त्यही अवधिमा भेल छोप्न काँग्रेस हतारिँदा हुलमूल र जमघट निकै ठूलो भयो ।

    सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यामहरुको राम्रो खजाना बन्यो । यति जना, योबाट प्रवेश गराइयो भनेर । नेताहरु पनि मख्ख परे । अन्धभक्त केही कार्यकर्ताहरुले निकै बहादुरी देखाए । त्यसको जनस्तरबाटै चर्को विरोध भयो । उता आफ्ना कार्यकर्ता चोरिदिएकोमा नेकपाका केही कार्यकर्ताहरु जहाजै डुब्यो झैं गरि आलोचनामा उत्रिए ।

    नेकपा पनि काँग्रेसलाई देखाउन मरिहत्ते गरेर लाग्यो । प्रवेशको निकै ठूला होहल्ला भए । जिल्ला प्रशासन कार्यालयले पटक पटक यस्ता कार्यक्रम नगर्न र जोखिम नबढाउन आग्रह गरे पनि सुनवाइ नभएको सुरक्षा निकायकै अधिकारीको गुनासाे थियो ।

    दलीय प्रतिस्पर्धामा स्वभाविक मान्न सकिए पनि कोरोना महामारीकै समयमा निरन्तर भेला र कार्यक्रम सहि थिएनन् । पहिलो चरणमा काँग्रेसका कार्यक्रम नेकपाका भन्दा बढी नै देखिए । किनकी काँग्रेसको पूर्व घोषित कार्यक्रम नै थियो । यसवीचका कार्यक्रममा आवत जावतकै क्रममा काँग्रेसका सभापतिसहित केही नेताहरु कोरोना भाइरसबाट संक्रमित पनि भएका छन् । (जुन दुखद विषय हो । उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना छ ।)

    यसरी दलहरुको तीव्र अस्वस्थ प्रतिस्पर्धा बढेपछि जिल्ला कमाण्ड पोष्टसहितको सर्वपक्षीय बैठकबाट भेला गर्ने खालका कुनै पनि गतिविधी कसैले पनि नगर्ने निणर्य भयो । यसमा नेकां नेकपाका शीर्ष नेताहरु सहभागी थिए । त्यसको भोलिपल्टै कांग्रेसले वडा भेला गरेर पार्टी प्रवेशका कार्यक्रम राख्यो ।

    कोरोना संक्रमण जिल्लामा तीव्र हुँदा नेकपाले पनि चम्पादेवीमा काँग्रेसलाई देखाउनै भए पनि आफ्ना नेताहरु उपस्थित भएर गरेको निर्णय उलंघन गर्दै प्रवेश तथा भेला गर्यो । त्यसको पछिल्लो प्रकरण राप्रपाका नेता जगत लुइटेल प्रवेश हाे । प्रवेशै गर्न नहुने भन्ने प्रश्न पनि हाेला । तर, सुरक्षित हिसावले गर्ने एक पाटाे भाे बाक्लाे भीड देखाएर स‌ंक्रमणकाे जाेखिम माेल्नु ठिक थिएन।

    जोखिमको समयमा नागरिकहरुलाई सर्तक रहन, सुरक्षित रहन सहजीकरण गरेर शालिनता देखाउने समयमा उनीहरुकै कारण नागरिहरु त्रसित हुनुपर्ने अनि एउटाले गरेको ठिक अर्काले गरेको बेठिक भनेर कुतर्क गर्ने विवकेहीन कार्यकर्ता र नैतिकता विहिन नेताहरु हुञ्जेल यस्ता समस्या दोहोरिइरन्छन् ।

    हिजो कांग्रेसको प्रवेश कार्यक्रम र भीडलाई पार्टी सदस्यतासँगै कोरोना बाँडेको आरोप लगाउने नेकपा कार्यकर्ताहरुसँग शनिबारको चम्पादेवीको भीडबारे जवाफ छ  त ? विल्कुल छैन । स्वभाविक रुपमा यस मामिलामा दुवै दलका नेताहरु गैह्रजिम्मेवार छन् । तर, सत्तारुढ भएका नाताले नेकपा थप बढी जिम्मेवार हुनुपथ्र्यो, त्यो देखिएन ।

    नेका-नेकपाका नेताहरुमा त जिम्मेवार देखिएन नै तर, तिनका विचार र विवेक शून्य चम्चाहरुमा अरु अराजकता देखियो । मानौं संसार उनीहरुले नै धानेका छन् । यो जोखिमको समयमा नागरिकहरुलाई सर्तक रहन, सुरक्षित रहन सहजीकरण गरेर शालिनता देखाउने समयमा उनीहरुकै कारण नागरिहरु त्रसित हुनुपर्ने अनि एउटाले गरेको ठिक अर्काले गरेको बेठिक भनेर कुतर्क गर्ने विवकेहीन कार्यकर्ता र नैतिकता विहिन नेताहरु हुञ्जेल यस्ता समस्या दोहोरिइरन्छन् । नागरिक नै यस्ता मामिलामा उठ्नु पर्ने देखिन्छ ।

    नागरिकको ज्यान जिउको सुरक्षा गर्नु पर्ने अवस्थामा कोरोना संक्रमणको जोखिम बढाउँदै आफ्ना पक्षमा ठूलो भीड देखाउन विवेक गुमाएको नेतृत्वलाई होस थियो कि थिएन, नागरिक सुरक्षित भएमा निर्वाचनमा आफ्ना भोट सुरक्षित रहन्छ भन्ने ?

    यो हेर्दा के लाग्छ भने उनीहरुलाई नागरिक भन्दा भोटै प्यारो छ । अन्यथा कोरोना महामारीमा आफ्ना दलमा धेरै कार्यकर्ता देखाउने कुबुद्धि यिनिहरुलाई किन आउथ्यो ?

    र, याे पनि पढ्नुहाेस् 

    राप्रपा राणा समुहका जिल्ला अध्यक्ष जगत लुइटेल नेकपा प्रवेश

    प्रिय, कांग्रेसजन ! याे भीडले कोरोना छेक्न सक्छ ?

    प्रतिक्रिया दिनुहोस