२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

प्रिय, कांग्रेसजन ! याे भीडले कोरोना छेक्न सक्छ ?

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढु‌ंगा- यो शीर्षकमा लेखिरहनु पर्ने कारण एउटै छ । एक हप्तादेखि सामाजिक सञ्जाल फेसबुकमा केही तस्वीर तथा भिडियो भाइरल भए । ती तस्वीर तथा भिडियो नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकरण तथा पार्टी प्रवेशसँग सम्बन्धित थिए ।

    मेरा म्यासेन्जरमा पनि ती तस्वीर र भिडियो धेरै आए । आउनुको पनि कारण छ, पत्रकार भएकाले समाचार बनाएर अनलाइनमा हालिदिन्छ भन्ने । र, अनुरोध गरिएका पनि थिए । मैले मेरा ती शुभचिन्तकहरुले पठाएका फोटा र भिडियो हेरेँ मात्रै ।

    उनीहरुलाई जवाफ पनि दिइन, समाचार पनि लेखिन । यसको कारण कुनै दलीय आस्था हुँदै होइन । हो त केवल समाचारको विषयवस्तु । त्यो विषयवस्तु भनेकै पार्टी प्रवेशको थियो । र, कुन तहको भने क्रियाशील सदस्यता लिएको । यो कांग्रेसमा मात्र लागु छैन ।

    भीड जम्मा पारेर नाचेर का‌ंग्रेसले कोरोना संक्रमण फैलाउन पाउँछ त ? यो समाचार किन आएन ? मैले भने कि, भीड जम्मा पारेर जोखिम निम्त्याउनु ठिक हुँदै होइन । भलै फैलिएको छैन । फैलिएमा जिम्मेवार को ? मसँग जवाफ थिएन ।

    केही पहिले नेकपाका नेताहरुले पठाएका यस्तै फोटा र भिडीयो पनि समाचार बनाइएन । यस्ता विषयमा खाली फलाना पार्टीका यति आए, फलानाका उति उस्मा गए, फलानो ठाउँमा फालानो पार्टीको कुनै सदस्य नै छैन भन्नेजस्ता प्रचार मात्र हुन्छन् । र, यसरी प्रवेश गरेकाहरु सधैं सबै पार्टीमा प्रवेश गरिरहन्छन्, अपवाद बाहेक ।

    यही कुरा ध्यानमा राखेर पार्टी प्रवेशको समाचार चाहीँ कम्तिमा पूर्व जनप्रतिनिधी वा पार्टीका जिल्ला सदस्य एक अर्कामा प्रवेश गर्दाको समाचार मात्र प्रकाशन गर्ने सम्पादकीय नीति तय गरेका छौं ।

    यसैलाई आधार मानेर दुवै पार्टीका वडामा भएका कार्यक्रममा मतदाता प्रवेशको समाचार बनाइएन । केहीलाई यसबारे समाचार बनाउन गरिएको आग्रहमा जानकारी पनि गराएको थिएँ । अब रह्यो समाजिक सञ्चालनमा भाइरल भिडियो तथा फोटो । यो पनि खास ठाउँ र खास अवस्थाको हो ।

    जुन मेरो अर्काइभमा सुरक्षित रहेका छन् । यसबारे काँग्रेसका केही आलोचक साथीहरुले मलाई तँ पत्रकार हो कि होइन सम्म भनेर प्रश्न गरे । मैले कारण सोध्दा भने कि, भीड जम्मा पारेर नाचेर का‌ंग्रेसले कोरोना संक्रमण फैलाउन पाउँछ त ? यो समाचार किन आएन ? मैले भने कि, भीड जम्मा पारेर जोखिम निम्त्याउनु ठिक हुँदै होइन । भलै फैलिएको छैन । फैलिएमा जिम्मेवार को ? मसँग जवाफ थिएन ।

    लोकतन्त्रवादी शक्तिका रुपमा रहेको देशको प्रमुख प्रतिपक्षी दल काँग्रेसको नियमित तथा अध्यावधिक गतिविधी हुनु आम नागरिककै लागि खुसीको कुरा हो । स्वच्छ रुपमा हुने दलीय गतिविधीले नागरिकमा जागरण पनि ल्याउँछ ।

    यही सन्र्दभमा काँग्रेसले जिल्लाभर क्रियाशील सदस्यता नविकरण र वितरण गरेको छ । सबैतिर उसका नियमित काम भएका छन् । सदस्यता पार्टीको आधारशीला अर्थात् इटाँ हो । इटा विना घर निर्माण हुन सक्दैन । हुन त ढुंगा र माटो, काठको पनि घर हुन्छ भन्ने विद्वानहरुको बहस आउला ।

    मैले सबैलाई समग्रमा इटा भनेको भनेर बुझिदिन ‘कांग्रेसी विद्वानहरु’लाई आग्रह छ । लोकतन्त्रको खम्बा राजनीतिक दल हुन् । दल मजबुद र सुशासित भए भने लोकतन्त्र पनि बलियो हुन्छ ।

    बलियो लोकतन्त्रमा मात्रै नागरिकका अधिकार सुनिश्चित गर्न सकिन्छ । अझ बहुलवादी खुला समाजमा नागरिक तथा राजनीति अधिकारको अभ्यास नै दलमार्फत हुने भएकाले दलको नियमित अध्यावधिक जरुरी छ । लोकतन्त्रवादी शक्तिका रुपमा रहेको देशको प्रमुख प्रतिपक्षी दल काँग्रेसको नियमित तथा अध्यावधिक गतिविधी हुनु आम नागरिककै लागि खुसीको कुरा हो । स्वच्छ रुपमा हुने दलीय गतिविधीले नागरिकमा जागरण पनि ल्याउँछ ।

    यसैले यो अभियान कांग्रेसको सहि छ । तर, अहिले समय प्रतिकूल रहेका कारण यसका गतिविधी खुम्चिए पनि । यो विषम् परिस्थित र कोरोनाबाट जोगिन मान्छेबाट मान्छे नै भागाभाग गर्नु पर्ने अवस्थामा सदस्यता नविकरण गर्न ओखलढुंगाका केही स्थानहरुमा देखाइएको ‘जात्रा’ भने कुनै मानेमा पनि सहि मान्न सकिदैन ।

    जनता, कार्यकर्ता भेटघाट, सदस्यता वितरण र नविकरण गर्न सामान्य भेटघाट मै संभव छ र अधिकांश ठाउँमा त्यसै गरि सम्पन्न पनि भएको छ । तर, बृहत भेला गरेर सुरक्षाका मापदण्ड विपरित नाचगान र भाषण गर्ने काम मलाई कांग्रेसका साथीहरुले नोटमा उपलब्ध गराए अनुसार अन्यत्रभन्दा चम्पादेवी गाउँपालिकामा बढी गरिए, त्यो पनि दुई गाउँपालिकाका अध्यक्षहरु, (जो कांग्रेसका सचिवहरु हुन्) वडा अध्यक्षहरुले भीड जम्मा गरेर ।

    भीडले न कोरोना रोक्न सक्छ न विचारलाई नेतृत्व नै गर्न सक्छ । भीडलाई पो विचारले नेतृत्व गर्ने हो । अनि विचारले नै मतदाता प्रभावित पार्ने हो ।

    काँग्रेसको कार्यक्रमको कुनै मानेमा पनि विरोध होइन । तर यो हो कि यसरी जम्मा गरिएका कुनै एक जनामा संक्रमण थियो भने अवस्था के होला ? मुख्य कुरा यो हो संक्रमण फैलिएको छैन भन्न सहज होला तर, परिक्षण गरिएको छ ?

    अनि महामारी फैलिए नाचगानमा रमाउने जनप्रतिनिधी र नेता जिम्मेवार हुने कि आम नागरिक ? स्थानीय सरकार प्रमुखलाई यसबारे हेक्का छ ? न उनीहरुले देखाएको भीड र रवाफले कोरोना डरले भागीहाल्छ कि ?

    यसरी जम्मा पारिने भीडले न कोरोना रोक्न सक्छ न विचारलाई नेतृत्व नै गर्न सक्छ । भीडलाई पो विचारले नेतृत्व गर्ने हो । अनि विचारले नै मतदाता प्रभावित पार्ने हो ।

    प्रजातान्त्रिक समाजवादको मक्सत पनि विचारले नै नेतृत्व गर्ने हैन र ? अनि हो भने पार्टीको अधिवेशनमुखी भीड कोरोना कहरको अप्ठेरोमा जम्मा पारेर आफ्नो हैसियत देखाउन संकटको समयमा भावी नेतृत्वका धावकहरु किन खतरा निम्त्याँदैछन् त ? कि भीडको बलमा आफ्नो कुर्सी सुरक्षित गर्ने अभियान हो त ?

    मेसेञ्जरमा आएका केही तस्वीरहरु:

    (नाेट: यहाँ विल्कुल ओखलढुंगाभित्रकाे विषय उठान गरिएकाे छ । समग्रताकाे विष्लेषण हाेइन ।)

    प्रतिक्रिया दिनुहोस