विराटनगर- नेकपा शीर्ष नेतृत्वमा देखिएको विवाद वार्ताका माध्ययमबाट समाधान खोज्न प्रदेश १ का नेता कार्यकर्ताले आग्रह गरेका छन ।
आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेकपा प्रदेश १ का १४ वटै जिल्लाका अध्यक्ष र सचिवले पार्टी फुटे जनतामा गम्भीर धोका हुने बताउँदै वार्ताबाट समाधान खोज्न आग्रह गरेका हुन् ।
नेकपामा उत्पन्न विवाद समाधान गर्न र टुटफुट तथा विभाजन रोक्नु पर्ने बताउँदै उनीहरुले सामाजिक सञ्जालमा देखिएको अभद्र शैलीलाई निरुत्साहित गर्न आग्रह गरे । नेकपा नेताहरुले एकताका बाँकी कामलाई पूर्णता दिदै समृद्ध नेपाल सुखी नेपालीको चाहाना सार्थक बनाउनु पर्ने बताएका छन् ।
नेकपा प्रदेश १ का १४ जिल्लाका अध्यक्ष तथा सचिवहरुले हस्ताक्षर सहित पार्टी एकिकृत बनाउँदै समृद्ध नेपाल सुखी नेपालीकाे सपना साकार पार्न नेतृत्वकाे ध्यानाकर्षण गराउँदै विज्ञप्ती जारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस