काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग वार्ता गरिरहेका बेला नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार देउवालाई भेटेका हुन् ।
देउवासँग प्रधानमन्त्रीले दुई दिनअघि छलफल गरेका थिए । नेम्वाङले भने संवैधानिक परिषद बैठक र एमसीसी लगायतका विषयमा विपक्षीय दलको नेतासँग सत्तापक्षको उपनेताले भेट गरेको प्रतिक्रिया दिएकाे अनलाइन खबरले समाचार लेखेकाे छ ।
तर नेकपा वृतमा यस अघि असार १७ मा भएकाे ओलि-देउवा वार्तामा नेकपा फुटेपछि कांग्रेसकाे सरकारमा सहभागीताबारे भएकाे सहमति र विकसित घटनाक्रमबारे छलफल भएकाे चर्चा छ । याे भेटलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस