ओखलढुंगा- ओखलढुंगा कारागारका कैदीबन्दीहरुलाई खेल सामग्री हस्तान्तरण गरिएकाे छ । खाेटाङ-ओखलढुंगा राष्ट्रसेवक कर्मचारी सम्पर्क मञ्चले प्रमुख जिल्ला अधिकारी मार्फत् सामग्री हस्तान्तरण गरेकाे हाे ।
मञ्चले उपलब्ध गराएका लुँडाे तथा चेसका सामग्री प्रमुख जिल्ला अधिकारी डाक्टर नारायण ढकालले कैदीबन्दीलाई हस्तान्तरण गरे । दिपावली तथा छैठ पर्वकाे उपलक्ष्यमा खाेटाङ घर भइ ओखलढुंगामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुकाे संस्था खाेटाङ-ओखलढुंगा राष्ट्रसेवक कर्मचारी सम्पर्क मञ्चले ७ थान लुँडाे तथा २ थान चेसका सामग्री उपलब्ध गराएकाे हाे ।
सामग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले यस्ता समाजिक संस्थाहरु समाजका पूँजी भएकाे बताउँदै व्यक्तिगत र सामाजिक हितमा काम गर्न संस्थाकाे भूमिका महत्वपूर्ण हुने बताए । पारस्पिरक सहयाेग र भावनात्मक सम्बन्ध विकासमा मञ्चकाे भूमिका हुने ढकालले बताए ।
मञ्चका अध्यक्ष गणेशबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक कृष्ण खड्काकाे सल्लाहरुमा संस्था स्थापना गरिएकाे बताउँदै मञ्च पारिवािरक र सामािजक सद्भावका साथै सम्बन्ध विस्तारका लागि साझा थलाे हुने बताए । खाेटाङ घर भइ ओखलढुंगामा कार्यरत राष्ट्रसेवकहरुका सजिला अप्ठेराहरुमा साथ सहयाेग गर्न मञ्च निर्माण भएकाे बताए ।
मञ्चकाे स्थापना २०८१ असारमा भएकाे थियाे । मञ्चले कर्मचारीहरुकाे स्वागत विदाइ तथा सामाजिक कामकाे थालनी गरेकाे छ । आगामी मञ्चले निरन्तर यस्ता भावनात्कम एवं सामाजिक काम गर्ने सचिव सुष्मा आचार्यकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस