ओखलढुंगा- चिशंखुगढी गाउँपालिका ३ दियालेका १४ वर्षीय डम्बरबहादुर मगरकाे खर्च अभावमा मृगाैला प्रत्याराेपण हुन सकेकाे छैन । उनी लामाे समयदेखि काठमाण्डाैमा उपचाररत छन् ।
दुवै मृगाैलाले काम नगर्ने भएपछि डायलसिस गराए पनि अनिवार्य प्रत्याराेपण गर्नु पर्ने डाक्टहरुले सुझाएका छन् । तर मृगाैला दिन उनका बाबु तयार भए पनि खर्च अभावले हुन सकेकाे छैन ।
छाेराकाे उपचारका लागि मगर परिवारले घरखेत सकेका छन् । प्रत्याराेपणका लागि सहयाेग गरिदिन उनीहरुकाे अपिल छ । उनलाई सहयाेग गर्नका लागि ग्लाेबल आइएमी बैंककाे DAMBAR BAHADUR MAGAR काे नाममा रहेकाे खाता नं २९२०७०१००१९५२१ मा सहयाेग रकम जम्मा गर्न सकिने परिवारले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस