२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024
जनप्रतिनिधिसँग पहुँच हुनेकाे दाेहन, प्रशासन रमिते

नदी र खोलामा स्काभेटर हालेर उत्खनन्, बाढीमै पस्छन् स्थानीय

  • २०८१ अषाढ २३, आईतबार मा प्रकाशित ३ महिना अघि
  • ओखलढुंगा- सरकारले नदीजन्य पदार्थ उत्खनन् तथा निकासीमा रोक लगाए पनि ओखलढुंगा उत्खनन् रोकिएको छैन । निर्माण सामग्रीका रुपमा प्रयोग हुने गिट्टी, बालुवा, रोडा ढुंगा आपूर्ति अवैध रुपमा नदी तथा खोलाबाट भइरहेको छ ।

    व्यवसायिक रुपमै स्काइभेटरबाट उत्खनन् भइरहेपनि स्थानीय सरकार भने मुकदर्शक छन् । प्रहरी प्रशासनले समेत कारवाही गर्न सकेको छैन । जनप्रतिनिधिको व्यवसायीसँगको मिलेमतोमा सरकारले रोकेको समयमा समेत उत्खनन् र निकासी भइरहेको सरोकारवालाको भनाई छ ।

    तस्वीरः बाढीमै पसेर उत्खनन् पछि ढुवानीका लागि लोड गरिएका ट्रयाक्टर ।

    शनिबार ठूलो बर्षाद्पछि आएको बढीमा सिद्धिचरण ११ स्थित लिपे खोलामा ढुवानीका साधन बिच खोलामै राखेर स्थानीयले उत्खनन् गरिरहेका थिए । उनीहरुले कस्का लागि उत्खनन् गरेको भन्ने जानकारी दिएनन् । बाढीको बिचमै पसेर उनीहरुले बालुवा बगाउने र ढुंगा लिकाल्ने काम गरिरहेका थिए ।

    सरकारले असारदेखि भदौभर नदीजन्य पदार्थ उत्खनन् तथा निकासीमा रोक लगाएपनि ओखलढुंगामा यसको कार्यन्वयन भएको छैन । शुक्रबार लिपेमा स्काभेटर प्रयोग गरेर उत्खनन् गरिएको थियो । बाढी आउँदा समेत जथाभावी उत्खनन्ले किनाराका बाँध कटान भएको छ भने ओखलढुंगा रामुपर सडकको पुल जोखिममा परेको छ ।

    व्यवसायिक रुपमै स्काइभेटरबाट उत्खनन् भइरहेपनि स्थानीय सरकार भने मुकदर्शक छन् । प्रहरी प्रशासनले समेत कारवाही गर्न सकेको छैन । जनप्रतिनिधिको व्यवसायीसँगको मिलेमतोमा सरकारले रोकेको समयमा समेत उत्खनन् र निकासी भइरहेको सरोकारवालाको भनाई छ ।

    वारीपारिका वस्तीलाई समेत जोखिम हुने गरि स्थानीय नै उत्खनन्मा संलग्न छन् । त्यस्तै मोलुङ, ठोट्ने, लिखु र दुधकोसीका किनारामा ढुवानीका साधान र स्काभेटर दैनिक भेटिने गरेका छन् ।

    ओखलढुंगाका स्थानीय तहले हिउँदको समयमा पनि नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगाएका थिएनन् । जनप्रतिनिधीसँग पहुँच हुने व्यवसायीले मिलेर केही रसिद काटेको देखाएर मनपरि निकासी गर्दै आएका थिए ।

    बन्द गर्नु पर्ने समयमा समेत स्थानीय तहले बन्द गराएका छैनन् । नदीजन्य पदार्थ उत्खनन् तथा निकासी सम्बन्धमा रोक लगाउन कुनै निर्देशन नआएको सिद्धिचरण नगरपालिकाका नगर प्रहरी प्रमुख टेकप्रसाद अधिकारीले बताए । ‘निकासी भइरहेको सत्य हो, रोक्ने निणर्य र निर्देशन आएमा हामी कार्यन्वयन गर्न तयार छौं, तर निर्देशन नभएकाले क्षेत्राधिकार बाहिर जान भएन ।’

    तस्वीरः सिद्धिचरण नगरपालिका ११ स्थित लिखे खोलाको उत्खनन् पछि खटानकाे चपेटामा परेकाे निमार्णााधीन शव दाहस्थल र लिपेकाे पक्की पुलकाे जीप । शिवप्रसाद ढुंगाना

    ठूला निर्माण कम्पनीले सञ्चालन गरेका आयोजनाका क्रसर समेत बर्षाद्मा चलिरहेका छन् । निमाणर्का काम रोकिए पनि क्रसरको उत्पादन बिक्रि भइरहेको छ । स्थानीय तहका प्रमुखहरुसम्म पहँच बनाएका व्यवसायीको नदिजन्य पदार्थ निकासमा मनलाग्दी छ ।

    नदीभित्रै खन्ने काम भइरहेको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कृष्ण खड्काले सरकारले नै रोकेको सन्र्दभमा त्यसरी उत्खनन् र निकासी गर्नु गैह्रकानुनी हुने बताउँछन् ।

    खड्काले प्रहरीलाई चोरी निकासीको निगरानी गर्न निर्देशन दिइसकेको बताए । यस्ता काम रोक्न स्थानीय सरकार जिम्मेवार हुनु पर्ने उनले बताए । अनुगमनमा फेला परे, उजुरी आएमा उत्खनन्कर्तामाथि प्रहरीले नियन्त्रण लिएर कानुन अनुसार कारवाही गर्ने बताए । जनप्रतिनिधी र ठेकेदार मिलेर उत्खनन् हुने स्थानीयको आरोप छ ।

    नदीजन्य पदार्थ उत्खनन रोक्न स्थानीय सरकारले कुनै पहल गरेका छैनन् । मोलुङ गाउँपालिकाले भने नदीजन्य पदार्थ उत्खनन्, बिक्रि तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ विपरित कार्य गर्न रोक लगाएको छ । अन्य पालिकाले भने चासो दिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस