२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

एकिकृत समाजवादीमा ओखलढु‌ङ्गाबाट ५ जना महाधिवेशन प्रतिनिधी

  • २०८१ अषाढ ६, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • ‌ओखलढुङ्गा- नेकपा एकिकृत समाजवादीले ओखलढुङ्गाबाट राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधी छनाैट गरेकाे छ । जिल्ला कमिटीले पार्टी सदस्यका आधारमा पाउने ३ जना र केन्द्रीय सदस्यहरु २ जना गरी ५ जना प्रतिनिधि राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्नेछन् ।

    जिल्ला कमिटीले सर्वसम्मत रुपमा उपाध्यक्ष नरेन्द्र श्रेष्ठ, सचिव कमल खड्का र राष्ट्रिय परिषद सदस्य याेगेन्द्र वस्नेत अमृत सागरलाई प्रतिनिधि चयन गरिएकाे जिल्ला अध्यक्ष मेख बहादुर खड्काले बताए ।

    केन्द्रिय सदस्य नेत्र भट्टराई र निर्मला श्रेष्ठ स्वत: प्रतिनिधी चयन भएका हुन् । महाधिवेशनलाई सर्वसम्मत नेतृत्व चयन गर्न सन्देश दिन जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन गरेकाे एकिकृत समाजवादीले जनाएकाे छ ।

    ओखलढुङ्गामा एकिकृत समाजवादीमा ४२६ संगठित सदस्य छन् । १२५ सदस्य बराबर एक जना प्रतिनिधि चयन हुने मापद्ड अनुसार यहाँ ३ जनाले जिल्लाबाट प्रतिनिधित्व गर्ने भएका हुन् । जिल्लाले सर्वसम्मत प्रतिनिधी चयन गरेर केन्द्रीय नेताहरुलाई सन्देश दिएकाे केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्र भट्टराईले जनाए ।

    प्रतिक्रिया दिनुहोस