ओखलढुंगा- मानज्ञा (मानकुमारी+यज्ञप्रसाद भट्टराई) अक्षयकोषले छात्रवृत्ति वितरण गरेकाे छ । चिशंखुगढी गाउँपालिका वडा नं २ स्थित सरस्वती मा वि खानिभञ्ज्याङ्गको ६८औं वार्षिकोत्सवकाे अवसरमा ६ वटा विद्यालयका १० जना छात्रा छात्रहरुलाई छात्रवृत्ति वितरण गरिएकाे हाे ।
उक्त अक्षयकाेष दियालेस्थित नेपाली कांग्रेसका नेता तथा समाजसेवी टेकराज भट्टराई तथा उहाँका दाजुभाइकाे तर्फबाट माता पिताको नाममा २०७९ सालमा स्थापना गरिएकाे थियाे । भट्टराई दाजुभाइले अक्षयकोष दुइलाख राखेर त्यसको ब्याजबाट प्रतिवर्ष छात्रवृत्ति दिन थालेका हुन् ।
१-जमुना भुजेल कक्षा १,जाल्पा मा वि दियाले
२-शारदा भुजेल कक्षा ५,जाल्पा आ वि अंधेरी
३-एन्जिसा राइ कक्षा ४,रक्तमाला आवि आंपश्वरा
४-दीपशिखा रोक्का कक्षा ५ सिद्धस्थान आ वि ढुंगानागाउं
५- संझना राई कक्षा ८, सरस्वती मा वि
६-जहानसिंह विक कक्ष ५ कालिका निमावि घिमिरेगाउं
७-निरुता परियार कक्षा ७ कालिका निमावि घिमिरेगाउं
८-कमला मगर कक्षा ५, सरस्वती मा वि खानिभञ्ज्याङ
९-रन्जना तामाङ कक्षा ५, सरस्वती मावि
१०-चन्द्रकला तामाङ कक्षा ४, सरस्वती मावि
जाल्पा मावि दियालेका जमुना भुजेललाई एक सेट पोशाक र झोला समेत प्रदान गरिएकाे काेषका संस्थापक टेकराज भट्टराईले नागरिक मिडियालाई जानकारी दिए । आगामी दिनमा अक्षयकाेषमा रकम थपेर ५ लाखसम्म पुर्याउने लक्ष्य रहेकाे उनले बताए ।
प्रतिक्रिया दिनुहोस