ओखलढुंगा- मानेभञ्ज्याङमा आगामी कात्तिक ८ गतेदेखि १० औँ चुलेण्डी गोल्डकप आयाेजना गरिएकाे छ । भीमसेन स्थान युवा क्लबको आयोजनामा उक्त प्रतियाेगिता आयाेजना गरिएकाे हाे ।
प्रतियाेगिता मानेभञ्ज्याङ गाउँपालिका-५ उदयपुरको वाल्लीबरपुम खेलमैदानमा खेल आयोजना हुनेछ । चुलेण्डी गोल्डकपका संस्थापक जेबी राई हुन् । हिन्दु नेपालीहरूको महानचाड वडादशैँ तथा दीपावलीको अवसरमा आयोजना गरिएको खेलकाे नारा नै ‘स्वास्थ्यका लागि खेलकुद–एकताका लागि खेलकुद भन्ने रहेकाे छ ।
आयाेजकले खेलमार्फत गाउँको विकास गर्ने, युवाहरूकाे प्रतिभा प्रस्फुटन गगराउन सहयाेग गर्न्ने लक्ष्य लिएकाे छ ।गाेल्ड कपकाे प्रथम पुरस्कार ४० हजार, द्वितीय पुरस्कार २५ हजार, उत्कृष्ट टिमलाई ५ हजार नगदसहित साथमा शिल्ड मेडल र प्रमाणपत्र रहेकाे छ ।
उत्कृष्ट खेलाडी र गोल रक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।टिम दर्ता शुल्क ३ हजार तोकिएको छ। खेल आयोजनाकाे लागि मानेभञ्ज्याङ–५ वडा कार्यालयको आर्थिक सहयोग रहेको छ भने संयोजन चुलेण्डी गोल्डकप ग्रुपले गरेको छ।
याे खेल एक प्रकारकाे फुटबल नै हाे । शहर बजारमा फुटसल भनेर पनि चिनिन्छ। ‘चुलेण्डी गोल्डकप’ ए-५ साइड अर्थात् एक टिममा ५ जनाले खेल्छन् । खेलमैदानकाे सुविधा हेरेर स्थानीयले निर्धारण गरेकाे मापदण्ड हाे याे । १० वर्षदेखि निरन्तर चलेकाे याे प्रतियाेगिताकाे इतिहास पनि रमाइलाे छ । स्थानीय युवा जेवी राई युवाहरु बीच लाेकप्रिय थिए । उनकाे खेलकुद, मनाेरञ्जनमा रुचि थियाे ।
यही कारण चाडबाड तथा विभिन्न अवसरहरुमा उनले युवाहरुकाे अगुवाइ गर्ने गर्दथे । यही क्रममा उनलाई साथीभाइले माया गरेर बाेलाउने नाम ‘चुलेण्डी’ राखिदिए । स्थानीय भाषामा चुलेण्डीकाे अर्थ फरक हुने (एक प्रकारकाे विषालु किरा) भए पनि साे उपनामलई उनले आत्मसात गरेर साथीहरुले राखिदिएकाे नाम चुलेण्डीबाट २०७० सालदेखि प्रतियाेगीता नै राख्न थाले ।
निरन्तर उनकै प्रयासमा चल्दै आएकाे उक्त प्रतियाेगीतालाई यस बर्षबाट वडाकाे सहयाेगमा संस्थागत रुपमा क्लबले आयाेजना गरेकाे स्थानीय बताउँछन् । व्यक्तिले दशकदेखि अगुवाइ गरेकाे कामलाई वडाले संस्थागत गर्न सहयाेग गर्नु खुसीकाे कुरा भएकाे स्थानीय जन्तराम राईले बताए ।
याे प्रतियाेगिताकाे खेल संयाेजक उनी संस्थापक जेवी राई उर्फ चुलेण्डी रहेका छन् भने भिमसेनस्थान युवा क्लबका अध्यक्ष समल धन राईले प्रतियाेगिता संयाेजन गर्ने बताइएकाे छ ।
-मानेभञ्ज्याङबाट सपना गाैतमकाे सहयाेगमा ।
प्रतिक्रिया दिनुहोस