ओखलढुंगा- लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापा काठमाण्डाैंमा विद्यार्थी राजनीतिसँगै जागिर खाँदै गर्दा स्थानीय तहकाे निर्वाचन लड्न गाउँ फर्किन् ।
उनलाई केही गर्ने हुटहुटी त थियाे तर भूगाेल र त्यहाँकाे आवश्यकतासँग कम परिचित थिइन् । यद्यपी उनी भारी मतले उपाध्यक्ष निर्वाचित भएप भइन् । गाउँमा विरामी उपचार गर्न अस्पताल त थिएन नै, बाहिर पठाउन एम्बुलेन्स समेत नभएपछि उनले पालिकामा एम्बुलेन्स नआएसम्म गाडि सुविधा नलlने साेच बनाइन् ।
उनले पालिकाकाे आफूँ चढ्ने गाडि मर्मत गरेर अत्यावश्यक काम बाहेक अरु समय एम्बुलेन्सका रुपमा प्रयाेग गर्न दिइन् । यस अवधिमा पालिकाबाट छिमेकी जिल्लामा उपचारका लागि ८ जना र काठमाण्डाैंसम्म उपचारका लागि ७ जना सर्वसाधारणलाई निशुल्क पठाइएकाे उनले जानकारी दिइन् ।
पालिकाकाे गाडी उपाध्यक्षले एम्बुलेन्सका रुपमा उपब्ध गराउँदा उपचारका लागि जिल्ला बाहिर जान सहज भएकाे स्थानीयले बताए । हाल पालिकामा एम्बुलेन्स खरिद गरेर सञ्चालनमा आएकाे छ । पालिकामा एम्बुलेन्स आएपछि उपाध्यक्षले पाउने सुविधाकाे गाडि नचढ्ने, सार्वजनिक सवारी तथा माेटरसाइकल प्रयाेग गरेर पालिकाकाे काम गर्ने साेच बनाएकाे उपाध्यक्ष थापाले नागरिक मिडियालाई बताइन् ।
थापाले पालिकाकाे खर्च कम गर्न गाडि भन्दा अन्य विकल्प राेज्ने साेच बनाएकाे जानकारी दिइन् । पालिका उपाध्यक्षले खर्च मितव्ययिता र नागरिककाे सेवामा गरेकाे याेगदानकाे सेवाग्राहीले प्रशंसा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस