२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

नेकपाका ११ नेताकाे बैठकमा के-के भयाे निर्णय ?

Thumbnail
  • २०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं–  सत्तारुढ नेकपाभित्रको अन्तरविरोध र गुटबन्दी जटिल बन्दै जाँदा दोस्रोपुस्ताका नेताहरुले पनि बेग्लै भेला र छलफल थालेका छन् । केपी ओली, प्रचण्ड र माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका ११ जना नेताहरुले शुक्रबार बिहान एकै ठाउँमा भेला भएर शीर्षनेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न खबरदारी गर्ने निर्णय गरेका हुन् ।

    शुक्रबार बिहान पुल्चोकस्थित कृषिमन्त्री घनश्याम भुसालको निवासमा भएको भेलामा केपी ओली पक्षका नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवालीसमेतको सहभागिता थियो  ।

    भेलामा प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा सहभागी थिए । त्यसैगरी माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए ।

    ‘पार्टीभित्रको एकता बचाइराख्न र परिस्थिति अरु बिग्रन नदिनका लागि सबैले आ–आफ्नो समूहका शीर्षनेताहरुलाई आग्रह गर्ने निर्णय भएको छ’ भेलामा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘एक अर्कामा दूरी बढ्ने गतिविधि नगर्न र कार्यकर्तालाई नउराल्न सबैले आ–आफ्ना नेताहरुसँग आग्रह गर्ने सहमति भएको छ ।’ –Onlinekhabar

    प्रतिक्रिया दिनुहोस