ओखलढुंगा- सत्ता गठबन्धनबाट प्रदेश सभा क्षेत्र नं २ मा उम्मेदवार बनेका माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गाैतमले केपि ओलिकाे अराजक कदम र असंवैधानिक कदम विरुद्ध देशमा वाम तथा लाेकतान्त्रिक गठबन्धन बनेकाे बताएका छन् ।
उनले निर्वाचन जितेपछि संघ र प्रदेश सरकारसँग समन्वय गरेर विकासका काम गर्ने बताए । सुनकाेसीका मतदाता र गठबन्धनका नेता कार्यकर्ताहरुलाई सम्बाेधन गर्दै उनले सांसद बनेपछि गठबन्धनकाे मर्म अनुसार ५ वर्ष चल्ने प्रतिवद्धता जनाए ।
गाैतमले प्रदेश र संघ दुवै तर्फ गठबन्धनका उम्मेदवाहरुलाई मतदान गर्न अपिल गरेका छन् । संघमा काँग्रेसका रामहरि खतिवडालाई गठबन्धनकाे समर्थन छ ।
प्रतिक्रिया दिनुहोस