ओखलढुंगा- नेकपा एमालेले चुनाव केन्द्रित अगुवा कार्यकर्ता भेला र प्रशिक्षण तथा घरदैलाे अभियान शुरु गरेकाे छ । आइतबार खिजिदेम्वामा अगुवा कार्यकर्ता भेला आयाेजना गरेकाे छ । भेलाका लागि उम्मेदवार सहित एमाले नेताहरु खिजीदेम्वा शनिबारै पुगेका थिए ।
भेला तथा प्रशिक्षणबाट चुनावी रणनीति तयार गरेर अघि बढिने एमाले प्रदेश सदस्य सुदीप सुनुवारले बताए । उनले भेलाबाट रणनीति तयार गरेर कार्यकर्तालाई उत्साहपूर्वक चुनावमा लाग्न सहज हुने उनकेा भनाइ छ ।
एमालेका संघीय प्रतिनिधी सभाका उम्मदवार यज्ञराज सुनुवारले भेलाबाट बँचेकाे समय मतदाता भेटघाटमा बिताउने गरेका छन् । खिजीमा रहेका उनले भने ‘अरु दलहरु नेताहरुकाे गठबन्धन गर्छन्, हाम्राे जनतासँग गठबन्धन हुन्छ।’
एमालेले पालिकास्तरीय भेला बाट वडा स्तरसम्मै उम्मेदवार पुर्याउने गरि प्रचारकाे याेजना बनाएकाे जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस