ओखलढुंगा- गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न तीन राजनीतिक पार्टीले संयुक्त अपिल गरेका छन् । नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनबाट प्रत्यक्ष तर्फ उम्मेदवार बनेका नेताहरुलाई मतदान गर्न अपिल गरेका हुन् ।
गठबन्धनबाट संघतर्फ नेपाली काँग्रेसका रामहरि खतिवडा, प्रदेश क मा काँग्रेसकै प्रदिपकुमार सुनुवार र प्रदेश ख मा माओवादीका बाबुराम गाैतम उम्मेदवार छन् ।
गठबन्धनमा सिट नमिलेपछि नेकपा एसले उम्मेद्वारी दर्ता गरे पनि गठबन्धनका नेताहरुसँग छलफलपछि फिर्ता लिएकाे थियाे । समानुपातिक तर्फ भने जिल्लाबाट नेकपा एसकाे प्रदेश सभामा उम्मेदवार समेटिएकाे छ ।
साझा मञ्च र संयुक्त चुनावी प्रचार समिति मार्फत चुनावी मैदानमा हाेमिने गठबन्धनले निर्णय गरेकाे कांग्रेस सचिव राजकुमार ढुंगानाले जानकारी दिए ।
हेर्नुहाेस् अपिल
प्रतिक्रिया दिनुहोस