तीव्र असन्तुष्टि, कार्यकर्ताकाे मनाेभावना विपरित सिफारिस गरेकाे गुनासाे
ओखलढुंगा- नेकपा एमालेले आशन्न मंसिर ४ गतेकाे निर्वाचनका लागि सघं तथा प्रदेशमा नाम सिफारिस गरेकाे छ । जिल्ला कमिटीले पठएका नामहरु निर्वाचन क्षेत्रीय कमिटीबाट प्रस्ताव भएर आएकामा केही थपथाप परेर सिफारिस भएकाे एक जिल्ला नेताले बताए ।
प्रदेश सभा ख मा कार्यकर्ताहरुले एकल नाम पठाउन नेतृत्वलाई दवाव दिए पनि केही नाम थपिएकाे ती नेताले बताए । उनका अनुसार ख मा जीवि खड्काका नाममा सर्वसम्मत गर्न क्षेत्रीय कमिटीमा अधिकांश कार्यकर्ताहरुकाे दवाव थियाे । क्षेत्रीय कमिटी बैठकमा जिल्लाबाट एकल नाम पठाउने सहमति भए पनि जिल्ला आएपछि कार्यकर्ताहरुबाटै अस्वीकृत नाम थप गरिएकाे एमाले स्राेतले नागरिक मिडियालाई बतायाे ।
नेताहरुले जिल्लामा जिवी खड्काका अतिरिक्त नानीबाबु बुढाथाेकीकाे नाम थपेर प्रदेश पठाएका छन् । कार्यकर्ताहरुकाे सिफारिस बाहेककाे नाममा टिकट आए विद्राेह हुने एक जिल्ला सदस्यले बताए ।
एमालेकाे प्रदेश ख का कार्यकर्ताहरुले नेता बुढाथाेकीलाई चुनाव नलड्न युवा पुस्तालाई सघाउन दवाव दिइरहेका छन् । २०७० सालकाे संविधान सभा निर्वाचनमा उनी साेही क्षेत्रबाट उम्मेदवार बनेर पराजित भएका थिए ।
संघमा दुई केन्द्रीय सदस्य तथा एक प्रदेश संसादकाे नाम सिफारिस भएकाे छ । नेताहरुका अनुसार टिकट सिफारिससँगै एमालेकाे गुटगत समीकरण फेरिने अवस्था सृजना भएकाे छ । टिकट लिने दाैडधुपमा नेताहरुकाे पुराना समिकरण फेरवदल भएर फरक फरक गुट निर्माण हुने र चुनावमा कार्यकर्ताकाे भावना विपरित टिकट वितरण भए परिणाम फरक आउने एक जिल्ला सदस्यले बताए ।
ती नेताका अनुसार एमालेकाे भित्रकाे हाल फरिएकाे समिकरणले संघमा संघमा प्रदेश क का सांसद अम्वीर गुरुङ र प्रदेश तर्फ ख मा जीवी खड्का र क मा माेहनकुमार श्रेष्ठ पार्टीभित्र बढी चर्चाका पात्र देखिएका छन् । यद्यपी एमालेमा प्रदेश हुँदै केन्द्रमा पुगेर मात्रै टिकटकाे यकिन हुन्छ ।
२१ र २२ गतेकाे जिल्ला तथा पदाधिकारीकाे फरक फरक बैठकबाट एमालेकाे जिल्ला कमिटीले तपशिल अनुसारका नेताहरुकाे नाम प्रदेश कमिटीमा सिफारि गर्ने निर्णय भएकाे एमाले स्राेतले बतायाे ।
१. संघीय प्रतिनिधि सभा प्रत्यक्षतर्फ-: अम्बिर बाबू गुरुङ, किशोर अधिकारी, यज्ञराज सुनुवार । समानुपातिक तर्फ -: शकुन्तला राजभण्डारी – महिला खुल्ला, क.चाम्पा राई -जनजाती महिला, ओम दयाल बिस्वकर्मा – दलित
२) प्रदेश सभा तर्फ प्रत्यक्ष -: (क) निर्वाचन क्षेत्र : मोहन कुमार श्रेष्ठ, क.शंकर कटवाल, हर्कबोल राई । समानुपातिक तर्फ-: बल बहादुर परियार – दलित, क.मणिराज वाहिङ राई – अल्पसंख्यक /जनजाती, पशुपति गुरुङ – महिला (जनजाति )
३ ) निर्वाचन क्षेत्र ख प्रत्यक्ष तर्फ- नानिबाबु बुढाथोकी र ज्ञान बहदुर खड्का (जिबी) । समानुपातिक तर्फ –शान्ता ढुङ्गेल -खुल्ला महिला, प्रेम प्रसाद भट्टराई – खुल्ला
प्रतिक्रिया दिनुहोस