ओखलढुंगा- नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदिप गिरीकाे १३ औं पुन्यतिथिमा श्रद्धाञ्जली सभा आयाेजना गरिएकाे छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयाेजना गरेकाे सभामा नेताहरुले प्रदिप गिरीकाे याेगदान र उनकाे व्यक्तित्वका बारेमा चर्चा गरे ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य प्रदिप सुनुवारले प्रदिप गिरिकाे जस्ताे समर्पण र त्याग नेता कार्यकर्ताहरुमा हुनु पर्नेमा जाेड दिए । उनले भने- ‘उहाँलाई सम्झेर हामी सबै सुध्रिनु जरुरी छ ।’ सुनुवारले गिरीलाई समावेशिताकाे शूत्राधारका रुपमा गिरिकाे स्मरण गरे ।
अर्का वक्ता केन्द्रीय सदस्य रामहरि खतिवडाले स्व.गिरीलाई किसुनजी सँग तुलना गरे । उनले नेपालमा कृष्ण प्रसाद भट्टराई किसुनजीपछि आफुले सम्मान गर्ने अर्काे नेता स्व गिरी भएकाे सुनाए । उनले संविधान सभामा सँगै काम गर्दाका अनुभव तथा आफुसिहत नेता गिरि र किसुनजीसँगका रमाइला क्षण सुनाए ।
सभामा नेताहरु राजकुमार ढुंगाना, रुद्र अधिकारी, सविता राई, हेमालक्ष्मी राई लगायतले नेता गिरीकाे व्यक्तित्वका बारेमा बाेलेका थिए । जिल्ला सचिव अजय लुइटेलकाे अध्यक्षतामा र सह सचिव उज्जन बुढाथाेकीले सञ्चालन गरेकाे कार्यक्रममा विभिन्न तहका नेताहरु, जनप्रतिनिधीहरु पत्रकार लगायत सहभागी थिए । १३ दिन अघि क्यान्सरका कारण सांसद गिरीकाे उपचारका क्रममा निधन भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस