काठमाण्डाैं- संसदीय निर्वाचन मंसिर २ वा ५ गतेमध्ये एक दिन गर्न सरकारलाई सिफारिस गर्ने निर्वाचन आयोगको तयारी छ । यसबारे आयाेगले आज प्रधानमन्त्रीको समय लिएर भेट गर्ने जनाइएकाे छ ।
१२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा गर्न सकिने आयोगको सुझाव छ ।
आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको पनि बताइएको छ । भर्खरै सकिएको स्थानीय तहको चुनाव देशैभर एकैपटक गराउन सकिएको भन्दै प्रदेश र संघको चुनाव पनि एकै दिन गर्नका लागि आयोगले मिति सिफारिस गर्न लागेको हो ।
यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन सँगसँगै भएको थियो ।
प्रतिक्रिया दिनुहोस