ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका ३ मा इतिहासमै पहिलाे पकट एमालेले बाजी मारेकाे छ । स्थानीय चुनाव २०७९ मा एमालेका युवा जितेन्द्र राईले इतिहास रचेका छन् । यस अघिका सबै स्थानीय चुनावमा कांग्रेस हावी हुँदै आएकाे थियाे ।
यस पटक जितेन्द्रले भारी मतान्तरले बाजी मारे । उनले ५२० मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वि मेडल राई (स्वतन्त्र) ले ३६५ मत ल्याएका छन् । यस पटककाे निर्वाचनमा गढ भत्किने र बन्ने क्रम देखिएकाे छ । एमालेका गढ धेरै भत्किएकाे बेला मानेभञ्याङमा उनले कांग्रेस गढ भत्काएर चर्चामा आएका छन् ।
प्रतिक्रिया दिनुहोस