२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कामिरिता शेर्पाको टोली सगरमाथा शिखरमा

  • २०७९ बैशाख २४, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– कामिरिता शेर्पाको नेतृत्वमा यो सिजनकै पहिलोपटक शनिबार सगरमाथा आरोहण भएको छ । उनीहरुले शिखरसम्म डोरी टाँग्ने काम समेत सम्पन्न गरेका छन् । कामिरिता २६ औं पटक सगरमाथा शिखरमा पुगेका हुन् ।

    उनको साथमा सहायक लिडर सोना शेर्पा (संखुवासभा), सोलुखुम्बुका ङिमाटाशी शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा लाक्पातेन्जी शेर्पा, फुर्वा छोतार शेर्पा शिखरमा पुगेका हुन् । त्यसैगरि संखुवासभाका फुर्वाकुसाङ शेर्पा, पासतेन्जी शेर्पा, तारेमान तामाङ र दोलखाका मिङमा दाण्डु शेर्पा गरि ११ जना शिखरमा पुगेका हुन् ।

    सेभेन समिट कम्पनी मार्फत यी टोलीले शनिबार साँझ शिखरमा पुगेको सेभेन समिट कम्पनीका अध्यक्ष मिङमा शेर्पाले बताए ।

    प्रतिक्रिया दिनुहोस