२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024
६ स्थानीय तहमा एमालेमा मारामार

जीवन थापा र रुपलाल तामाङकाे सिङ्गल नाम सिफारिस

  • २०७९ बैशाख ३, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेमा उम्मदवार छनाैटमा रस्साकस्सी छ । पालिकाबाट सिफारिस नभएका नेताहरु पनि उम्मेदवार बन्न नेताहरुकहाँ धाउन र मिडियाबाजी गर्न थालेका छन् ।

    ८ स्थानीय तहमध्ये सबै पालिकाबाट उम्मेदवार सिफारिस भएका छन् । कतिपय तहमा भने ६/७ जना समेतकाे नाम आएर ३ जनाकाे नाम प्रदेश पठाउन समस्या भएकाे जिल्ला सचिव कमल न्याैपानेले बताए । वडामा भने ३७ वडामा सर्वसम्मत भइसकेकाे उनकाे भनाइ छ ।

    दुई पालिकामा भने पालिका कमिटीले १/१ जनाकाे मात्रै नाम सिफारिस गरेकाे छ । चिशंखुगढी गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिकाले भने प्रमुखमा १/१  जना मात्रै सिफारिस गरेकाे हाे । चिशंखुमा जीवनकुमार थापा र मानेभञ्ज्याङमा रुपलाल तामाङकाे एकल नाम जिल्लामा आएकाे हाे ।

    पालिका कमिटीले निर्णयसहित सिफारिस पठाएकाे हाे । चिशंखुमा ८ वडामा वडा अध्यक्षका ३/३  जना आकांक्षी तथा उपप्रमुखमा चम्पा राई सुस्मिका राई र लक्ष्मी कार्कीकाे नाम पठाएकाे छ ।

    यद्यपी पालिका प्रमुखमा जिल्ला कमिटीका उप सचिव अशाेक थापाले जिल्लाबाट आफ्नाे नाम सिफारिस प्रदेश पठाउन माग गरेकाले केही नेताले ‘चिशंखुमा दावी गर्ने अरुपनि छन्’ भन्न थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस