२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025
प्रहरी चढेका गाडी दुर्घटना

बान्द्रेभीर दुर्घटना: मृतककाे संख्या ३ पुग्याे ५ गम्भीर

  • २०७८ चैत्र ३०, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित हर्कपुर नजिकै भएकाे जीप दुर्घटनामा ज्यान गुमाउने प्रहरीकाे संख्या ३ पुगेकाे छ । विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जीप मानेभञ्ज्याङ गाउँपालिका ६ हर्कपुर भन्ने ठाउँमा भिरबाट तल खसेको थियाे ।

    दुर्घटनामा सोलुखुम्बु घर भएका प्रहरी हवलदार भूपेन्द्र कार्की र झापा घर भएका प्रहरी जवान मनिष राजवंशीको  घटनास्थलमै र प्रहरी जवान रुपक विष्टकाे उपचारकाे क्रममा कटारी नगरपालिका १४ स्थित घुर्मीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    प्रहरीहरू चढेको जीप दुर्घटना हुँदा अन्य सात जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये सात जनाकै अवस्था गम्भीर भएकाले उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट नेपाल प्रहरी अस्पताल काठमाण्डौ ल्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस