२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

एमाले नेता रत्न बम्जन एकिकृत समाजवादीमा प्रवेश !

  • २०७८ चैत्र २८, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेका नेता रत्न बम्जन एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । हिजाे विज्ञप्ति जारी गर्दै उनले एमाले परित्याग गरेका थिए ।

    लिखु ९ पाेकलिमा एमाले स्थापित गराउन महत्वपूर्ण याेगदान गरेका उनले विज्ञप्ती जारी गर्दै  ‘एमाले जनविराेधी र भ्रष्टाचारमा लिप्त भएकाे’ जनाएका थिए ।

    उनले जनताका दुख भूलेर जनप्रतिनिधी भ्रष्टाचारमा लिप्त भएकाे, जनविराेधी र जालझेलमा फसेकाले साे पार्टी परित्यग गरेका जनाएका छन् ।उनी ०५३ सालदेखि एमालेमा सक्रिय थिए । उनलाई नेकपा एकिकृत समाजवादीका उप महासचिव जगन्नाथ खतिवडाले स्वागत गरेका थिए ।

    एकिकृत समाजवादीले उनलाइ उम्मेदवार बनाउने तयारी गरेकाे छ । यस अघि एमालेले जितकाे याे वडा वडाकै हस्ती समाजवादीमा लागेपछि एमाले पराजित हुने निश्चित जस्तै रहेकाे स्थानीय बताउँछन् ।

    बालकृष्ण ढुंगेल एमाले प्रवेश गरेपछि लिखुका इमान्दार एमाले कार्यकर्ताहरुले विद्राेह गर्दै अन्य पार्टीमा आबद्ध हुने क्रम बढेकाे छ ।

    याे पनि पढ्नु हाेस्

    एमाले छाेड्दै रत्न बम्जनले भने, ‘एमाले जनविराेधी र भ्रष्टाचारमा लिप्त भयाे’

    प्रतिक्रिया दिनुहोस