काठमाडौं- मुलुकमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको संख्या तीब्र रुपमा बढ्दै गएको छ । कोरोना संक्रमण भइहाले पनि आत्तिनु पर्ने अवस्था भने छैन । मुलुकमा कोरोनालाई जित्नेहरु पनि उत्तिकै छन् ।
बुधबारसम्म ४ हजार ६ सय ५६ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । मुलुकको विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ३ सय ६० जनाको उपचाररत भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितको संख्या बुधबार १४ हजार ४६ पुगेको छ । यसबाट अहिलेसम्म ३० जनाले जीवन गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस