ओखलढुंगा- सिटिजन लाइफ इन्स्याेरेन्सले क्याम्पसका विद्यार्थीहरुसँग विमा साक्षरता कार्यक्रम सञ्चालन गरेकाे छ । ओखलढुंगा शाखा कार्यलयले ओखलढुंगा क्याम्पस ओखलढुंगामा क्याम्पसका विद्यार्थीहरुसँग विमा साक्षरता तथा कम्पनीका स्कीमहरुबारे साक्षरता कार्यक्रम सम्पन्न गरेकाे हाे ।
बुधबार क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका बीच कार्यक्रम सञ्चालन गरेकाे सिटिजन लाइफका जिल्ला शाखा प्रमुख निशान श्रेष्ठले जानकारी दिए । कम्पनीकाे प्राेमाेसन तथा विमाका बारेमा सचेतना जगाउन यस्ता कार्यक्रम समुदायस्तर गरिने बताइएकाे छ ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षककाे सहभागिता रहेकाे थियाे । साक्षरता कार्यक्रमकाे सहजीकरण शाखा प्रमुख श्रेष्ठले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस