२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

द्वन्द्व भड्काउने एमसीसि खारेज गर्नु पर्छ: सामाजिक विकास मन्त्री राई

  • २०७८ फागुन १२, बिहिबार मा प्रकाशित २ साल अघि
  • प्रदेश नं १ का सामाजिक विकास मन्त्री एव‌ं नेकपा (एकिकृत समाजवादी) का पाेलिटव्यूराे सदस्य राजन राईले सामाजिक सद्भाव भड्काउने र नागरिकलाई विभाजन गर्ने गरि ल्याइएका सम्झाैता रद्द गर्नु पर्ने बताएका छन् ।

    मन्त्री राईकाे सम्मानमा नेकपा (एकिकृत समाजवादी) काे युवा संगठन युवा संघ नेपालले आयाेजना गरेकाे सम्मान कार्यक्रमलाई बिहीबार ओखलढुंगा सदरमुकाममा सम्बाेधन गर्दै मन्त्री राईले अमेरिकी सहयाेग परियाेजना एमसिसि सदनबाट खारेज गर्नु पर्ने बताए ।

    उनले एमसिसीका कारण नेपाली सामाजमा सद्भाव भड्काउने र द्वन्द्व निम्याउने गरि बहस शुरु भएकाे भन्दै हिंसा निम्याउने खेल भइरहेकाे उनकाे आशंका छ । समाजमा  विभाजन ल्याउने परियाेजना नेपाललाई आवश्यक नरहेकाे उनले बताए ।

    एकिकृत समाजवादीका कार्यकर्ता भेटघाट तथा चुनावका रणनीतिबारे छलफल गर्न मन्री राई ओखलढुंगा आएका थिए । २ दिन जिल्ला बसेका राई कार्यकर्तासँग चुनाव केन्द्रित रणनीतिक छलफलमा केन्द्रित रहेकाे नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष हंशराज वाग्लेले बताए ।

    प्रतिक्रिया दिनुहोस