लेखक: नेत्रप्रसाद भट्टराई
आज विहान सिरानी मा आँसु झरेछ,
सामन्तको आँखा तराई यतै परेछ ।
विभाजन को खेल सधै पर्दा भित्र हुन्छ,
एकतामा ठेश लागे शहिदहरु रुन्छ ।।
समवृद्विकाे यात्रा अब कता तिर पुग्यो ?
एकता को माखे साङ्गो कसले वुझी लियो ।
रमाइलो नमानौन जीवन सवको डुव्छ ,
रास्ट्रवादको भन्दा पनि झन्नै तल झुक्छ।।
विन्ती हाम्रो नबिगार शहिदको बाटो ,
सन्ततिको रगत दिए एस आराम को साटो।
पद कुर्सी सधै आउँछ मौका फर्कदैन,
धोका पाका जनताहरु फेरि फर्खदैनन ।
आत्मीय हामी सवको नेता गणलाई,
समाल्नु होस एकताको माखे साङ्लो लाई
(लेखक नेकपाका जिल्ला सचिवालय सदस्य हुन्)
प्रतिक्रिया दिनुहोस