ओखलढुंगा- नेकपा माओवादी केन्द्रको जारी प्रथम प्रदेश अधिवेशनमा युवा नेता निशान्त शर्माले पदाधिकारीमा दावी गरेका छन् । यस अघि प्रदेश कमिटी सदस्य रहि सकेका शर्माले सम्मेलनमा सह सचिवको दावी पेश गरेका हुन् ।
उनले जारी सम्मेलनमा आफुले प्रदेशको पदाधिकारी दावी गरेको जानकारी दिए । उनले भने, ‘यस अघि जिल्लाको उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य भइ काम गरिसकेको नाताले स्वभाविक रुपमा मेरो पदाधिकारीमा दावी रहन्छ ।’
शर्माले प्रदेश कमिटीको सह सचिवमा दावी प्रस्तुत गरेका छन् । माओवादीको सम्मेलनमा निर्वाचन हुने अवस्था नदेखिए पनि पदाधिकारीको लविङ तीव्र पारेका हुन् । पदाधिकारी बाहेक प्रदेश सदस्यहरुकाे चयन भने भइसकेकाे छ ।
उनी नेकपा कालीन कमिटीको प्रदेश सदस्य तथा यस अघि माओवादी केन्द्रको जिल्ला अधिवेशनमा निर्वाचित उपाध्यक्ष उपाध्यक्ष समेत थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा चिशंखुगढी गाउँपालिका अध्यक्षमा निर्वाचित शर्मा जिल्लाका आठ स्थानीय तहमध्ये माओवादी केन्द्रको एक मात्र निर्वाचित अध्यक्ष हुन् ।
समकालीन स्थानीय तहका जनप्रतिनिधीमा गाउँपालिकादेखि जिल्लामै उनी लोकप्रिय जनप्रतिनिधीका रुपमा परिचित छन् ।
प्रतिक्रिया दिनुहोस