ओखलढुंगा- नेपाल राहत शिक्षक जिल्ला कार्य समितिकाे दाेस्राे जिल्ला अधिवेशन सकिएकाे छ । शनिवार सम्पन्न अधिवेशनले ताेयानाथ काफ्लेकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे छ ।
समितिकाे उपाध्यक्षहरुमा पाण्डव खतिवडा, टाेलहरि पाेखरेल र सेमी तामाङ चयन भएका छन् भने काेषाध्यक्षमा गाेमा श्रेष्ठ छन् । सह सचिवहरुमा राजकुमार वास्ताेला र कमल प्रसाद ढुंगाना चयन भएका छन् । जिल्ला कार्य समिति ३५ सदस्यीय रहेकाे छ ।
जिल्लाभर कार्यरत राहत शिक्षकहरुकाे हकहितका लागि गठन भएकाे उक्त संगठनले शिक्षकहरुबीचकाे वर्गीकरण र सेवा सुविधामा गरिएकाे विभेद हल गर्न माग गर्दै आएकाे छ ।
प्रतिक्रिया दिनुहोस