गाउँ नै शाेकमा डुब्याे
ओखलढुंगा- चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार यात्रुकाे दुर्घटनामा ज्यान गएकाे छ । सुनकाेसी गाउँपालिका १० कटुञ्जेमा भएकाे दुर्घटनामा उनीहरुकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका डिएस्पी गाेविन्द काफ्लेका अनुसार तीन जनाकाे घटनास्थल र एक जनाकाे उध्दार गरेर उपचारका लागि लैजाने क्रममा ज्यान गएकाे हाे । गम्भीर घाइते चार जनालाई हेलिकाेप्टरबाट काठमाण्डाैं पठाइएकाे छ । अन्य ९ जनाकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे छ ।
दुर्घटना मा ज्यान गुमाउनेहरु सबै सिद्धिचरण नगरपालिका १० रुप्सेका रहेका छन् । दुर्घटनामा १७ वर्षकी तुलसा मगर, ३५ बर्षीया मिठूमाया मगर, ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर रहेका छन् । अन्य एक जनाकाे समेत ज्यान गएकाे बताइए पनि पहिचान हुन सकेकाे छैन ।
एकै गाउँका मिलेर मन्दिरमा दर्शन गर्न गएका थिए । दुर्घटनमा एकै गाउँका चारकाे मृत्यु र दर्जन बढि घाइते भए पछि गाउँ नै शाेकमा डुवेकाे छ ।
प्रतिक्रिया दिनुहोस