ओखलढुंगा- विजया दशमी २०७८काे अवसरमा चिशंखुगढी गाउँपालिका ३ स्थित चण्डि चालपा देवी युवा क्लबले आयाेजना गरेकाे वडा स्तरीय पुरुष भलिवल प्रतियाेगीतामा दिपकिरण युवा क्लव आपस्वाँरा प्रथम भएकाे छ । दियालेस्थित सामुदायिक वन समुहकाे प्राङ्गण पाेखरीमा भएकाे प्रतियाेगितामा ८ समुह सहभागी थिए ।
नकआउट चरणमा भएकाे खेलमा आयाेजक चण्डि जालपा देवि युवा क्वललाई हराउँदै दिपकिरण प्रथम भएकाे हाे । आयाेजक चण्डि चालपा देवी भने दाेस्राे स्थान हासिल गरेकाे छ । मुस्कान युवा क्लब हात्तिखर्कले चाँपाबाेट समुहलाई हराउँदै तेस्राे स्थान हासिल गरेकाे छ ।
चाँपाबाेटले सान्त्वनामा चित्त बुझायाे । खेलमा सर्वाेकृष्ट खेलाडी भने मुस्कान युवा क्लबका डेक बहादुर मगर भएर प्रमाण पत्र, मेडलसहित नगद पुरस्कार समेत हात पारे ।
खेलमा प्रथम, दि्वतिय, तृतीय र सान्त्वना हुने समुहलाई क्रमश नगद पाँच हजार, चार हजार, तीन हजार र एक हजार पाँच सय नगदसहित प्रमाणपत्र र मेडल पाए । वडा अध्यक्ष गंगा श्रेष्ठकाे प्रमुख आतिथ्यमा भएकाे समापन कार्यक्रममा काँग्रेस नेता राजकुमार ढुंगानाले खेलाडीहरुलाई शुभाकाना तथा वधाइ ज्ञापन गरेका थिए । क्लवका अध्यक्ष भेषबहादुर मगरकाे अध्यक्षतामा भएकाे प्रतियाेगितामा एम्पाएरकाे भूमिका डेकराज भूजेलले निर्वाह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस