२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

यस कारण गरियाे माेलुङकाे श्रीचाैर शिल

  • २०७८ श्रावण २९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  मोलुङ गाउँपालिकाकाे वडा नं ६ शिल गरिएको छ । कोरोनाबाट उपचारका क्रममा ओखलढुंगा सामुदायिक अस्पतालमा एक व्यवसायी महिलाको मृत्यु भएपछि संक्रमण थप फैलन नदिन वडा शिल गरिएको हो ।

    भदौको ५ गेसम्मका लागि पूर्णरुपमा वडा सिल गरिएको वडाध्यक्ष रामकाजी तामाङले जानकारी दिए । सो अवधिमा कोरोना संक्रमण थप फैलन नदिन वडामा सबैखाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउने नियम बनाइएको तामाङको भना छ ।

    ओखलढुंगामा कोरोना भाईरस सक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ

    प्रतिक्रिया दिनुहोस