२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

यसरी हटे जसपाको अध्यक्षबाट महन्थ ठाकुर

  • २०७८ श्रावण २५, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  निर्वाचन आयोगले जनता समाजवादी पार्टीको नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गर्दै ३५ सदस्यीय समितिको अभिलेखीकरण गरेको छ ।

    आयोगमा जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव अध्यक्षताको बैठकले गरेको निर्णयको माइन्युट बमोजिम कार्यकारिणी समितिको अभिलेखीकरण गरिएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिएकाे नेपाल प्रेसले लेखेकाे छ ।

    अब जसपाको अध्यक्षबाट महन्थ ठाकुर कानूनी रुपमा हटेका छन् । ठाकुर पक्षका १६ जनाबाहेकको केन्द्रीय कार्यकारिणी समिति आयोगको अभिलेखमा कायम भएपछि ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी लगायतको हैसियत साधारण सदस्यमात्र भएको छ ।

    गत वर्ष वैशाखमा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी विभाजन हुन लागेपछि रातारात तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण गरेर महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको कार्यकारिणी समिति निर्वाचन आयोगमा दर्ता भएको थियो । यसबीचमा विवाद बढेर जसपाको आधिकारिकता यादवले पाएका थिए ।

    ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले यादव पक्षमा उभिएका थिए भने १६जना ठाकुर पक्षमा । दुवैतिर नलागेका रेशम चौधरीलाई भने उपेन्द्र पक्षले कार्यकारिणी समितिमा स्थान दिएको छ ।

    प्रतिक्रिया दिनुहोस