ओखलढुंगा- सोमबार ४ नयाँ कोरोना संक्रमित थपिएका छन् । सिद्धिचरण नगरपालिकामा गरिएको १४ जनाको एन्टिजेन परिक्षणका क्रममा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पोजिटिभ देखिएका मध्ये सबै सिद्धिचरण नगरपालिका भित्रका रहेको निमित्त जिल्ला स्वास्थ्य प्रमुख मोहमद मन्सुरले जानकारी दिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै होम आईसोलेसनमा रहेका छन् ।
जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय ८६ पुगेको छ । जसमध्ये १ हजार १ ८ जना पुरुषको संख्या रहेको छ भने ८ सय ६८ जना महिला रहेका छन् । संक्रमितमध्ये हालसम्म १ हजार ६ सय ६७ जना उपचारपछि निको भएका छन् ।
हाल जिल्लामा संक्रिय संक्रमितको संख्या २ सय ६ पुगेको छ । जसमा १२ जना संस्थागत आईसोलेसनमा र १ सय ९४ जना होम आईसोलेसनमा रहेका छन् । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाले जनाएको छ
प्रतिक्रिया दिनुहोस