ओखलढुंगा- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दार्चुला घटनाको विरोध गर्दै सदरमुकाम ओखलढुङ्गामा विरोध गर्दै प्रर्दशन गरेको छ । एसएसबीले दार्चुलाका जयसिंह धामीको नदी तर्ने क्रममा तुइन काटेर हत्या गरेको विरोधमा विरोध प्रर्दशन गरेको हो ।
नदी तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल एसएसबिले तुइनको डोरी काटेपछि नदिमा खसेर दार्चुलाका जयसिं धामीको ज्यान गएको थियो । उक्त घटनाको चौतर्फी विरोध भइरहेको छ ।
विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईञ्चार्ज विवेक कुमालले भारतीय विस्तारवाद नेपाली जनताको हत्यामा उत्रिएको भन्दै चर्को विरोध जनाए । विरोध र्यालीपछिको कोण सभालाई सम्बोधन गर्दै कुमालले धामीको हत्याले राष्ट्रिय अस्मितामाथि नाङ्गो हस्तक्षेप भएको भन्दै प्रतिरोध गर्नु पर्नेमा जोड दिए ।
उनले दलाल संसदीय व्यवस्थाले नागरिकको सुरक्षा हुन नसक्ने भन्दै जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादको स्थापना गर्न माग गरे । सरकारसँग भएका सम्झौता कार्यन्वयन, संसदीय प्रजातन्त्र र वैज्ञानिक समाजवादमाथि जनमत संग्रह लगायतका माग पुरा गर्न वर्तमान राजनीतक नेतृत्वको ध्यानाकर्षण गराइएको छ ।
प्रतिक्रिया दिनुहोस