ओखलढुंगा- चम्पादेवी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष सुरेशकुमार थापाकाे पद खारेजीमा परेकाे छ। नेकपा एमालेकाे ओलि समुहमा लागेका थापालाई यसअघि नेकपा माओवादी केन्द्रले कारवाहीका लागि सिफारिस गरेकाे थियाे ।
निर्वाचन आयाेगले पार्टीकाे सिफारिस अनुसार राजनीतिक दल सम्बन्धी नियमावली २०७४ काे नियम २२ काे उप नियम २ र ३ बमाेजिम पद रिक्त भएकाे सुचना जारी गरेकाे छ । साे सुचनामा दल त्याग गरेका थापा सहित २ जना प्रमुख, ५ जना उपप्रमुख, १ अध्यक्ष, १ उपाध्यक्ष र ४ जना वडा अध्यक्ष र १ जना कार्यपालिका सदस्यकाे पद खारेज गरेकाे सुचना जारी गरेकाे छ ।
याे सँगै उनीहरुकाे पद गएकाे छ । उनीहरु १४ जनै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधी हुन् । नेकपा अदालतले विभाजन गरिदिएपछि एमाले तर्फ लागेका उनीहरुकाे पद गएकाे छ ।
हेरन
प्रतिक्रिया दिनुहोस