ओखलढुंगा- जिल्लामा बिहीबार ९ जना काेराेना संक्रमित थपिएका छन् । एन्टिजेन विधीबाट गरिएकाे परिक्षणमा नयाँ संक्रमित थपिएका हुन् । तीमध्ये एक जना पत्रकार रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार ८० जना संक्रमित निकाे भएका छन् । उनीहरुकाे स्वास्थ्यमा कुनै समस्या नदेखिएकाे भनाइ छ । यसरी निकाे हुनेकाे संख्या जिल्लामा १९३ पुगेकाे बताइएकाे छ ।
निकाे भएका विरामी सबैकाे पुन: परिक्षणबाट काेराेना भाइरसकाे संक्रमण नभएकाे निश्चित भने गरिएकाे छैन । केहीकाे परिक्षण भए धेरै जसाेमा समस्या नभएपछि त्यसै घर पठाइएकाे छ । सरकारकाे निर्देशिका अनुसार उपचार विधी प्रयाेग भएकाे कार्यालाय बताउँछ । स्थानीयले भने निकाे भएका विरामीकाे पनि अन्त्तिम पटक परिक्षण हुनु पर्ने माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस