ओखलढुंगा- मंगलबार आज ३२ जना कोरोना संक्रमित थपिएका छन् । २७ जना पीसीआरबाट र ५ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि ३२ जनाम भएको हो ।
पीसीआर विधिबाट संक्रमण पुष्टि भएका संक्रमित सिद्धिचरण नगरपालिका वडा नं ८ सल्लेरीका हुन् । यस्तै अन्य ५ जना भने अन्य स्थानीय तहका रहेका छन् ।
यससँगै जिल्लामा संक्रमितको संख्या ७ सय १८ पुगेको छ । काेराेना परिक्षणका दर घटेपछि संक्रमण दर घटेकाे देखिएकाे छ । गाउँ गाउँमा बृहत परिक्षण गराउने हाे भने कहालीलाग्दाे स्थिति आउने देखेर सरकारले दैनिक परिक्षण घटाएर संक्रमण दर कम देखाउने प्रयास गरिरहेकाे छ । जिल्ला र पालिकामा यसै प्रकारकाे रणनीति अबलम्वन गरेकाे पाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस