ओखलढुंगा- आज शनिबार २ जनाको मृत्यु भएको छ भने ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका र खिजीदेम्बा गाउँपालिकाका २ पुरुष रहेका छन् । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
यस्तै आज पीसीआर परीक्षणबाट लिखु गाउँपालिकामा ३६ जना र एन्टिजेन परीक्षणबाट सिद्धिचरण नगरपालिकामा ५ संक्रमित थपिएकाे स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए ।
प्रतिक्रिया दिनुहोस