लिला सुनुवार/ओखलढुंगा- ओखलढुंगामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यू भएको छ । सामुदायिक मिसन अस्पतालमा उपचार गराई रहेका दुबै संक्रमितको आज शनिबार बिहान ७ बजेर २० मिनेट जादा मृत्यु भएको सामुदायिक अस्पतालका मेडिकल अधिकृत कपिल दानीले बताएका छन ।
मृत्यु हुनेमा खिजीदेम्बा गाँउपालिका वडा नम्वर २ का ४५ बर्षीय पुरुष र सिद्धिचरण नगरपालिका ६ का ५८ बर्षीय पुरुष रहेका छन् । खिजीदेम्वाका पुरुषमा काेराेना पुष्टि भएपछि मंगलबार उपचारका लागि अस्पताल आएका थिए भने सिद्धिचरणका पुरुष बुधबार अस्पतालमा आएर जाँच गर्दा काेराेना देखिएकाे थियाे ।
यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । एक जना भने साेलुबाट उपचारका लागि अस्पताल आएका व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस