२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

भेन्टिलेटर किन्दै सिद्धिचरण, काेभिड १९ केयर युनिटमा राखिने

रुम्जाटार अस्पतालकाे अक्सिजन प्लान्टका लागि आएकाे बजेट फिर्ता

  • २०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिकाले काेराेना संक्रमितकाे उपचारका लागि भेन्टिलेटर खरिद प्रकृया अघि बढाएकाे छ । जिल्लामा भेन्टिलेटर एउटा पनि नभएकाे अवस्थामा नगरपालिकाले खरिदका लागि कार्यापालिकाबाट निर्णय भइसकेकाे नगरपालिकाका सुचना अधिकारी नइन्द्र राज राज राईले जानकारी दिए ।

    उनका अनुसार सरकारी खरिद प्रकृया झन्झटिलाे रहेकाे र भेन्टिलेटर बजार सहज उपलब्ध नहुने परिस्थिति रहेकाले समय लाग्न सक्छ ।

    नगरपालिकाले सामुदायिक अस्पताल मिसनमा रहेकाे काेभिड १९ केयर युनिटमा राख्ने गरि एक थान भेन्टिलेटर किन्न लागेकाे हाे । अकस्सिजन प्लान्टसहितकाे २० शैयाकाे काेभिड उपचार केन्द्र तयार रहेकाले त्यही राख्ने निर्णय भएकाे छ ।

    रुम्जाटार अस्पतालकाे अक्सिजन प्लान्टका लागि आएकाे बजेट फिर्ता

    रुम्जाटारमा रहेकाे सरकारी अस्पतालमा भने अन्तरिक विवादले अक्सिजन प्लान्ट खरिद गर्ने बजेट समेत खर्च नभएर दुई पटक फिर्ता भएकाे छ । याे वर्ष राख्न नसकिने भनेपछि मन्त्रालयबाट ताेकिएकाे ५० लाख बजेट कटाैति गरिएकाे छ भने अघिल्लाे वर्ष समेत यस्तै समस्या आएकाे अस्पतालका एक कर्मचारीले बताए ।

    उनका अनुसार मन्त्रीकाे दवावमा सिनियर कर्मचारी काजमा पठाएर जुनियरलाई कार्यालयकाे जिम्मा दिँदा समस्या आएकाे हाे ।

     

    प्रतिक्रिया दिनुहोस