ओखलढुंगा- आइतबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीका अनुसार पीसीआर परीक्षणबाट ५५ जनामा संक्रमण पुष्टि भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाबाट विराटनगर स्वाब पठाइएका ८६ जनामध्ये ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सो गाउँपालिकाको ५, ६ र ७ नं वडाका धेरै रहेको बताइएको छ ।
यस्तै जिल्ला अस्पताल, ओखलढुंगा सामुदायिक अस्पताल र खिजीदेम्बा गाउँपालिकामा गरिएको एन्टिजेन परीक्षणबाट ७ जना थपिएका छन् । तिवारीका अनुसार आज एन्टिजेनबाट थपिएका खिजीदेम्बाका १ जना, चम्पादेवीका १ जना, खोटाङका १ जना र ४ जना सिद्धिचरण नगरपालिकाका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस