२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

फ्याक्ट चेक: के हाे फेसबुकमा भाइरल याे तस्वीरकाे वास्तविकता !

  • २०७८ जेष्ठ ९, आईतबार मा प्रकाशित ३ साल अघि
  • अहिले सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्वीर भाइरल भइरहेको छ, जसमा एउटा अक्सिजन सिलिण्डर पाँच जनाले हस्तान्तरण गर्दै गरेको जस्तो देखिन्छ ।

    एउटा सिलिण्डर दिएको तस्वीर खिचाएर थुप्रैले जस लिन खोजेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । तर यो तस्वीर कहाँको हो भन्ने चाहिँ धेरैलाई थाहा छैन ।

    खासमा यो तस्वीर प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको हो । झापाको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, प्रदेशसभा सांसद् हिराकुमार थापा, पूर्वसांसद तारासम याङ्या, कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल र उपमेयर मञ्जु प्रसाईंले सिलिण्डरमा हात पुर्‍याएका छन् ।

    शनिबारदेखि भाइरल यो तस्वीरमा भएको सिलिण्डर कनकाई नगरपालिकाले सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा राख्नका लागि प्रदेश सरकारले पठाएको हो । र, त्यसैलाई केन्द्रमा राख्ने वेला जिसस प्रमुख पोर्तेललगायतले हातले छोएर तस्वीर खिचाएका हुन् ।

    तस्वीर भाइरल भएपछि जिसस प्रमुख पोर्तेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सामाजिक सञ्जालमा हेर्दा लाग्छ शुभचिन्तक निकै कमाइएछ । सबै शुभचिन्तकहरुप्रति आभार, यहाँहरुको चिन्तालाई मनन् गरिनेछ ।’

    हेर्नुहाेस् स्टाटस 

    प्रतिक्रिया दिनुहोस