काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।
प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराईका अनुसार एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको हाे ।
जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएको बताइएको छ ।
देउवाले १४९ जनाकाे हस्ताक्षर पेश गरेका छन् । यसबारे राष्ट्रपति कार्यालयले निर्णय गर्न बााकी छ ।
प्रतिक्रिया दिनुहोस