२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

ओखलढुंगा: एकैदिन थपिए ३० संक्रमित, कुन तहमा कति ?

  • २०७८ जेष्ठ २, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  आज आइबार ओखलढुंगामा  ३० जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणका लागि काठमाडौँ पठाइएको १ सय १ जनाको स्वाबमा ३० जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिए ।

    संक्रमित हुनेहरुमा मोलुङ गाउँपालिकाका १३ जना, चिशंखुगढी गाउँपालिकाका १२ जना, सिद्धिचरण नगरपालिकाका ३ जना र २ जना सिद्धिचरण नगरपालिकामै बस्ने बाह्य जिल्लाका रहेकाे बताइएकाे ५ ।

    यद्यपी माेलुङ  गाउँपािलकाकाे स्वास्थ्य शाखाका प्रमुख बेदहरि दाहालका अनुसार १५ जना संक्रमित थपिएका हुन् । याे तथ्यांक हेर्दा हालसम्मका माेलुङमा २८ सक्रिय संक्रमित रहेका छन् ।

    यससँगै जिल्लामा संक्रमितको संख्या ७६ पुगेको छ । माेलुङकाे दावी अनुसार थप २ हुँदा ७८ जना हुने छन् । तथ्यांक यकिन नहुँदा अन्याैल हुने सराेकारवालाकाे गुनासाे छ । जिल्ला तथा स्थानीय तहबीच समन्वय नहुँदा याे समस्या आएकाे हाे ।

    प्रतिक्रिया दिनुहोस