ओखलढुंगा- जिल्लामा आज शनिबार एन्टिजेन परीक्षणबाट २ जना कोरोना संक्रमित थपिएका छन् । दुवै संक्रमित सिद्धिचरण नगरपालिका वडा नं १२ का रहेका छन् ।
आज भेटिएका दुवै जना २४ वर्ष र ४५ वर्षका पुरुष भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख समुन तिवारीले जानकारी दिए । तीमध्ये एकजना सिभिल बैंकका कर्मचारी रहेको जनाइएको छ ।
हिजाे १३ जनामा संक्रमण देखिएकाे थियाे । ९२ जनाकाे पिसिआरकाे नतिजा आउन बाँकी छ । याे सँगै जिल्लामा संक्रमित हुनेकाे संख्या ४७ पुगेकाे छ ।
प्रतिक्रिया दिनुहोस