ओखलढुंगा- काेराेना संक्रमित दैनिक फेला पर्न थालेका छन् । शुक्रबार आज जिल्ला अस्पताल रुम्जाटारमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीका अनुसार संक्रमित हुनेहरुमा सिद्धिचरण नगरपालिका १ तलुवाका १ जना र सिद्धिचरण नगरपालिका ११ का १ जना महिला रहेका छन्र । याे सँगै जिल्लामा संक्रमितकाे संख्या ३५ पुगेकाे छ ।
धेरै संक्रमित सदरमुकामकाे बजार क्षेत्रका रहेका छन् । दैनिक परिक्षणमा संक्रमित भेटिएपछि स्थानीय त्रसित छन् । संक्रमण बढ्दै जाँदा ओखलढुंगा सदरमुकाम ‘रेड जाेन’मा देखिएकाे छ ।
यसरी संक्रमित हुने सर्वसाधारणदेखि उच्च पदपस्थ समेत रहेका छन् । जिल्ला न्यायधीश र भूमि सम्बन्धी समस्या समाधान आयाेगका जिल्ला अध्यक्ष समेत संक्रमित भएका छन् । उनीहरु अहिले आसाेलेशनमा उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस