ओखलढुंगा- जिल्लामा काेराेना संक्रमित फेरि थपिएका छन् । आइतबारकाे परीक्षणमा थप एक जनामा संक्रमण देखिएकाे छ । यस अघि संक्रमित एक कार्यालयका कर्मचारिकाे परिवारकाे सदस्यमा संक्रमण भएकाे बताइएकाे छ ।
यस अघि चार जना संक्रमित फेला परिसकेका छन् । ती मध्ये एक जना विरामी भएर काठमाण्डाैं उपचार गर्न जाँदा परिक्षण गर्दा फेला परेका थिए । अन्य चार जना जिल्लामै परिक्षणबाट पुष्टि भएका हुन् ।
संक्रमणकाे महामारी देखिने अवस्था आइसक्दा पनि स्थानीय सरकार र सरकारी अस्पतालकाे तयारी भने शुन्यप्राय: रहेकाे भन्दै सर्वसाधारण आक्राेशित छन् ।
प्रतिक्रिया दिनुहोस